नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले ताप्लेजुङको मुकुम्लुङमा केबलकार निर्माणको कार्यमा सहजिकरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद पौडेलले पाथिभरा केबलकार निर्माणसम्बन्धी वार्ता कहाँ पुग्यो रु भन्दै सरकारसँग प्रश्न समेत गरे।
केबलकार निर्माणका क्रममा सरकारले रोजेको दमनको बाटो गलत भएको उनको भनाइ छ । उनले वार्ता, सम्झौता र सहमतिको विधि अपनाएर मुकुम्लुङ संस्कृति र परम्पराको संरक्षण गर्दै विकास निर्माणको कार्यलाई सहजिकरण गर्न अनुरोध समेत गरे। उनले सरकारले गर्न नसकेका कार्यहरु निजी क्षेत्रले गर्दै आएको उल्लेख गर्दै उर्जा, पर्यटन, कृषि जस्ता क्षेत्रहरुमा अझै बढी लगानीको आवश्यकता रहेको बताए। उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्नु राज्यको दायित्व भएको समेत बताए।
उनले भने, ‘पाथिभरा केबलकार निर्माणसँग सम्बन्धीत वार्ता कहाँ पुग्यो रु सरकारले रोजेको दमनको बाटो गलत थियो र छ समाननीय सभामुख महोदय । वार्ता सम्झौता र सहमतिको विधि अपनाएर मुकुम्लुङ संस्कृति र परम्पराको संरक्षण गर्दै विकास निर्माणको कार्यलाई सहजिकरण गर्न विषेश अनुरोध गर्न चाहन्छु । सरकारले गर्न नसकेका कार्यहरु निजी क्षेत्रले गर्दै आएको र उर्जा, पर्यटन, कृषि जस्ता क्षेत्रहरुमा अझै बढी लगानीको आवश्यकता भएको कुरामा हामी सबै स्पष्ट छौं । निजी क्षेत्रलाई प्रोत्साहन गर्नु राज्यको दायित्व हो । चन्द्र ढकाल जस्ता व्यवसायीहरुलाई प्रोत्साहन गर्दै केबलकार निर्माणमा सहजिकरण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
प्रकाशित: २३ फाल्गुन २०८१ १४:११ शुक्रबार




-600x400.jpg)
