१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

जागरण अभियानले लाखौं जनता उत्साहित: अध्यक्ष दाहाल

फाइल।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीले अघि बढाएको तराई–मधेस जागरण अभियानले दक्षिण नेपालका लाखौं जनतामा नयाँ भरोसा जगाउँदै लगेको बताएका छन्।

जनतासँग माओवादी, तराई–मधेस जागरण अभियानको क्रममा बुधबार महोत्तरीको मटिहानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले झापाबाट सुरु गरेर मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषाहुँदै महोत्तरीसम्म आउँदा लाखौं जनतामा उत्साह सिर्जना गरेको दाबी गरे।

उनले कञ्चनपुरसम्म पुग्दा दसौँ लाख जनतामा नयाँ विश्वास र भरोसा जागृत हुने विश्वास व्यक्त गरे।

लामो समय अलपत्र परेको हुलाकी मार्ग अघि बढाउन आफूले २०७३ मा प्रधानमन्त्रीको रूपमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुचारु गरेपछि योजना अघि बढेको दाबी गरे।

उनले नेपालमा तीन सय वर्षअघि संस्थागत रूपमा शिक्षाको सुरु भएको र महत्त्वपूर्ण मठ मन्दिर रहेको महोत्तरीको मटिहानी महत्त्वपूर्ण रहेको बताए।

प्रकाशित: २१ फाल्गुन २०८१ २१:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App