३ वैशाख २०८२ बुधबार
image/svg+xml ११:३९ पूर्वाह्न
राजनीति

धेरै पुराना अपराधीहरु पनि अहिले पक्राउ परेका छन्ः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले धेरै पुराना अपराधीहरु पनि अहिले पक्राउ परेको बताएका छन्।

बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले कुनैपनि अपराधका अपराधीहरु पक्राउ परेको र कारबाही भएको बताए।

उनले भने, ‘सरकारको काम देखिएको छ । कुनैपनि अपराधका अपराधीहरु पक्राउ परेका छन् । अनुसन्धान भएको छ । कानून बमोजिम कारबाही भएको छ । धेरै पुराना अपराधीहरु पनि अहिले पक्राउ परेका छन् ।’

उनले आधारभुत प्रहरीलाई धेरै सुविधा हुनेगरी विधेयक ल्याइएको बताए।  

प्रकाशित: २१ फाल्गुन २०८१ १७:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App