२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml १६:९ अपराह्न
राजनीति

ललिता निवासको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराएको छ।

ललिता निवास जग्गा प्रकरणमा मुछिएकाहरूलाई कम सजाय गर्ने र कतिपयलाई सफाइ दिने विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको भन्दै अख्तियार सर्वोच्च अदालत पुगेको हो।

दोषी ठहर भएकाहरूलाई बढी सजाय हुनुपर्ने र सफाइ पाएकाहरूलाई दोषी ठहर गर्नुपर्ने माग गर्दै अख्तियारले सर्वोच्चमा पुनरावेदन दर्ता गराएको हो।

ललिता निवास प्रकरणका जोडिएका ११० जना आरोपितविरुद्ध नै अख्तियारले पुनरावेदन दिएको सर्वोच्च अदालतले जनाएको छ।

पुनरावेदनमा अख्तियारले ६५ जना जग्गाधनीहरूको जग्गा जफत हुनुपर्ने माग गरेको छ।

प्रकाशित: २० फाल्गुन २०८१ १८:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App