प्रधानमन्त्री केपी शर्मा ओलीले ग्याल्पो ल्होसारको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकबाट उनले शुभकामना दिएका हुन्।
उनले लेखेका छन्, ‘आज ग्याल्पो ल्होछार, नेपालको उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको मुख्य पर्व। तिब्बत, सिक्किम र भुटानमा बसोबास गर्ने भोटे समुदाय समेतले ग्याल्पो ल्होछार मनाउँछन्। ग्याल्पो ल्होछारको अवसरमा सबैलाई शुभकामना ! सबैको जय होस्।’
नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औँ ग्याल्पो ल्होसार मनाइरहेका हुन्। ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ।
प्रकाशित: १६ फाल्गुन २०८१ ०८:०८ शुक्रबार





