१३ वैशाख २०८२ शनिबार
image/svg+xml २२:२२ अपराह्न
राजनीति

एमसीसी परियोजना स्थगित

नेपालमा सञ्चालित अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) का गतिविधिहरू हाललाई रोकिएको छ।

अर्थ मन्त्रालयका अनुसार नेपाल सरकारलाई यसबारे २ फागुन २०८१ मा आधिकारिक इमेल प्राप्त भएको थियो।

नेपाल र एमसीसीबीच २९ भदौ २०७४ मा सम्झौता भई परियोजना कार्यान्वयनको प्रक्रिया अघि बढाइएको थियो।

तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० जनवरी २०२५ को कार्यकारी आदेशअनुसार एमसीसीबाट हुने भुक्तानीसहितका सबै गतिविधि ९० दिनका लागि स्थगित गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

प्रकाशित: ६ फाल्गुन २०८१ १९:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App