लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि भूमिसम्बन्धी अध्यादेशमा समर्थन जनाउन नसकिने जनाएको छ। बुधबार (आज) विज्ञप्ति जारी गर्दै अध्यक्ष महन्थ ठाकुरले यो अध्यादेशमा समर्थन जनाउन नसकिने बताएका छन्।
'यस अध्यादेशको अन्तर्यको अध्ययन गर्दा समग्रमा अत्यन्त गरिब र पिछडिएका डोम, मुसहर, चमार, दुसाध, सन्थाल, गनगाई, राजवंशी, राना थारुलगायतका पूर्ण रूपमा कृषिमा आधारित गरिब समुदायलाई यसको उपलब्धिको दायराबाट वञ्चित राखिने तथा यो अध्यादेशले वन फँडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढावा दिने हाम्रो ठहर छ,' विज्ञप्तिमा भनिएको छ।
यो पनि पढ्नुहोस्
जसपाले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्नेयसअघि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले पनि अरु पाँचवटा अध्यादेशमा विचार गर्न सकिने भए पनि भूमिसम्बन्धी अध्यादेशमा समर्थन नजनाउने निर्णय गरिसकेको छ।
यादवले यो अध्यादेश मुलुकलाई नै छिन्नभिन्न बनाउने खालको रहेको बताएका छन्।

प्रकाशित: ३० माघ २०८१ १९:५२ बुधबार