१३ पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

जसपाले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने

जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने भएको छ।

मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको संसदीय दलको प्रमुख सचेतक रेखा यादवले जानकारी दिइन्।

यादवले भनिन्, 'सरकारले ल्याएको ६ वटा अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय भएको छ। अन्य पाँच वटा अध्यादेशलाई समर्थन गर्ने सहमति भएको छ।' 

सरकारले संसद् अधिवेशन नरहेका बेला विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो ।

प्रकाशित: २९ माघ २०८१ १४:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App