३० जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

महेशको प्रश्न : नेता र कार्यकर्तामा विभेद किन? चितवनका लालपुर्जा नौटंकीवला कता गएछन्?'

नेकपा एमाले नेता महेश बस्नेतले नेता र कार्यकर्तामा विभेद भएको भन्दै आपत्ति जनाएका छन्। उनले शुक्रबार राति सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आपत्ति जनाएका हुन्।

उनले रास्वपा सभापति रवि लामिछानेले २ करोड ७९ लाख धरौटी तिरेर रिहा हुँदा दिनेश त्रिपाठीलाई कुटपिट गर्ने तीन जनामध्ये उनकै पार्टीका हुम्ला जिल्ला उपसभापति महानन्द जैसी १ लाख तिर्न नसक्दा कारागार चलान भएको विषयमा टिप्पणी गरेका छन्। उनले भने, 'रवि लामिछाने २ करोड ७९ लाख धरौटी तिरेर रिहा हुँदा दिनेश त्रिपाठीलाई कुटपिट गर्ने तीनजना मध्य उनकै पार्टीका हुम्ला जिल्ला उपसभापति महानन्द जैसी १ लाख तिर्न नसक्दा कारागार चलान भएछन्। नेता र कार्यकर्तामा विभेद किन? प्रभु बैंक कता गएछ? चितवनका लालपुर्जा नौटंकीवला कता गएछन्?'

बिहीबार सकिएको थुनछेक बहसपछि चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई ५४ लाख रुपैयाँमा छाड्न आदेश दिएको थियो।

अदालतले धरौटीमा छाड्न आदेश दिएसँगै रविको ५४ लाखसहित २ करोड ७९ लाख धरौटीमा प्रभु बैंक ग्यारेन्टी बसेको छ। रवि चितवन जिल्ला अदालतमा ५४ लाख, रुपन्देहीमा १ करोड, काठमाडौँ जिल्ला अदालतमा ६० लाख र कास्की जिल्ला अदालतमा ६५ लाख रुपैयाँ गरी २ करोड ७९ लाख रकम धरौटीमा बुझाएर रिहा भएका हुन्।

यस्तै साहारा सहकारी मुद्दामा चितवन जिल्ला अदालतले रविसँग ५४ लाख धरौटी मागेपछि उनका समर्थक घरजग्गाको लालपुर्जा र खाली चेक बोकेर सडकमा आएका थिए। अदालत परिसरभन्दा केही पर उनीहरूले हातमा लालपुर्जा र चेक देखाउँदै ‘नडराऊ रवि दाइ, पुर्जा हाम्रो हातमा छ’ भन्दै नारा लगाएका थिए।

प्रकाशित: २६ माघ २०८१ ०७:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App