२८ चैत्र २०८१ बिहीबार
image/svg+xml ६:२६ पूर्वाह्न
राजनीति

जुम्लामा गृहमन्त्रीविरुद्ध राँके जुलुस, मागियो राजीनामा

अन्तरजातीय विवाहलाई दबाउन तथा जातीय विभेद संरक्षण गर्न खोजेको भन्दै गृहमन्त्री रमेश लेखकविरुद्ध राँके जुलुससहित नाराबाजी गरिएको छ।

जुम्लामा दलित अगुवा युवाहरूले राँके जुलुससहित गृहमन्त्री लेखकविरुद्ध नाराबाजी गरेका हुन्। जिल्ला प्रशासन कार्यालय, जुम्ला अगाडि जुलुस निकालेका उनीहरूले 'जाति विभेद अन्त्य गर', 'गृहमन्त्री राजीनामा दे'लगायतका नारा लगाएका छन्।

आन्दोलित युवामध्ये नन्द तिरुवाले संसद्‌मा गृहमन्त्रीको उत्तर चित्तबुझ्दो नभएको भन्दै थप आन्दोलन गर्नुपरेको बताए। आन्दोलित युवाहरूले यो विषयमा न्याय नदिएसम्म आन्दोलन निरन्तर हुने बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीमार्फत सरकारको ध्यानाकर्षण गराउँदै दलित अगुवा। 

गत बुधबार जिल्लास्थित विभिन्न पार्टीका भातृ सङ्गठन तथा दलित अगुवाहरूले प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय, जुम्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीमार्फत सरकारको ध्यानकर्षण गराएका छन्।

नेपाल दलित संघको केन्द्रीय सदस्य नरवीर सुनार, नेपाल दलित मुक्ति मोर्चाका संयोजक चन्द्रबहादुर नेपाली, नेपाल दलित मुक्ति सङ्गठनका जिल्ला अध्यक्ष लक्ष्मण सुनारसहितका भातृ सङ्गठनहरू विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएका हुन्।

सर्लाही नगरपालिका ४ का सत्येन्द्र कुमार र वरहथवा ५ की नेहा रौनियारका बीचमा २०८१ पुस ३ गते विवाह भएको थियो। उनीहरूमाथि गृहमन्त्रीकै निर्देशनमा अत्याचार भएको बताइएको छ।

यो पनि पढ्नुहोस्

अन्तरजातीय विवाह गरेका सत्येन्द्र-नेहाको विषय पुग्यो संसद्, गृहमन्त्रीको भूमिकामाथि प्रश्न

 

प्रकाशित: २४ माघ २०८१ २१:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App