५ चैत्र २०८१ मंगलबार
image/svg+xml
राजनीति

उपेन्द्रको वचन- अध्यादेशबारे देशको हित हुनेगरी निर्णय लिन्छौँ

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेशबारे देश र राष्ट्रको हित हुनेगरी निर्णय लिने प्रतिबद्धता गरेका छन्।

बिहीबार (आज) साँझ उनका निजी सचिव महेश चौरासियाद्वारा विज्ञप्तिमा यस्तो उल्लेख छ। 'देश र राष्ट्रको हित हुनेगरी ठोस निर्णय लिने जानकारी गराउन चाहन्छौँ,' विज्ञप्तिमा भनिएको छ।

यस्तै अध्यादेशको सम्बन्धमा जसपा नेपाललाई जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका गलत समाचारको पछि नलाग्नसमेत भनिएको छ।

'अध्यादेशको सम्बन्धमा जसपा नेपाललाई जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा अतिरञ्जित, मनगढन्ते र प्रायोजित ढंगले आइरहेका समाचार र सूचनाहरु आधारहीन, तथ्यहीन र भ्रामक रहेकोले त्यस्ता गलत र गैरजिम्मेबार सूचना र समाचारको पछि नलाग्न हुन आमजनता, पार्टीपङ्क्ति र सञ्चारमाध्यमलाई हार्दिक अनुरोध गर्दछौँ’ विज्ञप्तिमा उल्लेख छ।

संसद् नचलेको बेला सरकारले विभिन्न ६ वटा अध्यादेश ल्याएको छ। ती विधयेक आजको संसद् बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची थियो। तर, जसपा नेपालले ठोस निर्णय नलिएपछि उक्त कदमबाट सरकार पछि हट्यो।

प्रकाशित: २४ माघ २०८१ २०:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App