५ चैत्र २०८१ मंगलबार
image/svg+xml
राजनीति

राप्रपा पार्टी एकताप्रति अनुदार हुनु आश्चर्यजनक : थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा पार्टी एकताका लागि अनुदार हुन आश्चर्यजनक रहेको बताएका छन्।

पार्टीको लुम्बिनी, पश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल र कर्णाली क्षेत्रका पदाधिकारी, सदस्य र जिल्ला अध्यक्षसहितको भर्चुअल बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

अहिले एक-एक व्यक्तिको पनि महत्त्व र आवश्यकता भएको बेलामा सबै विचार मिल्ने पार्टी, समूह, अभियान एक ठाउँमा बस्नुपर्ने उनले बताए।

'उहाँहरूको आफ्नो केही आन्तरिक समस्या पनि हुन सक्ला, अब त्यो हामीले जान्ने कुरा भएन। राप्रपासँग तत्काल एकता हुन नसकेता पनि एकताको ढोकालाई खुल्ला राख्दै अब विचार मिल्ने अन्य अभियान, समूह र पार्टीसँग छलफल गरेर राप्रपा नेपाल आन्दोलनमा जानेछ,' उनले भने।

सिद्धान्त केन्द्रित भएर इमानदारीपूर्वक आन्दोलनमा जान तयार हुने सबैसँग छलफल गरेर अगाडि बढ्नुपर्ने बेला भएको उनले बताएका छन्। 'अहिले एजेन्डा स्थापित गर्ने अनुकूल समय छ,' उनले भने।

बेरोजगारी, धर्म परिवर्तन, आर्थिक मन्दीजस्ता डरलाग्दा समस्या यो व्यवस्था र प्रणालीले सामना गर्न नसक्ने भन्दै थापाले धार्मिक आस्था र विश्वासमाथि हमला भइरहेको बताए।

प्रकाशित: २४ माघ २०८१ २०:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App