३० माघ २०८१ बुधबार
image/svg+xml
राजनीति

बा होस् कि मामा, दोषीले दण्ड पाउँछ : थापा

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दोषी सबैले दण्डको भागिदार बन्नुपर्ने बताएका छन्।

मङ्गलबार (आज) पर्वतको पैयुँमा कांग्रेस जिल्ला प्रदेश ‘ख’ कार्यसमितिले आयोजना गरेको सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।

उनले दोषी कांग्रेस, एमाले वा अरु जुनसुकै राजनीतिक दल भए पनि दण्डको भागिदार बन्नुपर्ने बताए।   

‘बा होस् कि मामा होस्, घरको होस् कि मावलीको होस्‚ कांग्रेसको होस् कि एमालेको होस्‚ नयाँ होस् कि पुरानो होस्, जोसुकै होस् दोषीले दण्ड पाउँछ भन्ने स्थापित गर्ने यो तीन वर्षको समय प्रयोग गर्नुपर्ने छ‚’ उनले भने।

प्रकाशित: २२ माघ २०८१ १८:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App