२३ फाल्गुन २०८१ शुक्रबार
image/svg+xml २:८ पूर्वाह्न
राजनीति

रामहरि खतिवडाको टिप्पणी: रास्वपाका सांसदले आलोकाँचोपन देखाए

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसदहरूले शुक्रवारको प्रतिनिधिसभा बैठकमा आलोकाँचोपन प्रदर्शन गरेको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै सांसद खतिवडाले यस्तो बताएका हुन्। 

‘रास्वपाका साथीहरू प्रतिनिधि सभामा पहिलो पटक आउनुभएको छ। संसदीय राजनीतिमा आलोकाँचो हुनुहुन्छ। त्यही कुरा आज देखिएको मात्रै हो,’ सांसद खतिवडाले भने,‘पछि आफैले बहिस्कार गर्नुभयो, आफै प्रवेश गर्नुभयो। त्यो सार्वजनिक खपतका लागि मात्रै थियो।’ 

संसदीय परम्परामा संसद् अधिवेशनको पहिलो दिन, प्रधानमन्त्रीको सम्बोधन हुने दिन, प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत माग्ने दिन आकस्मिक समय नहुने उनले बताए। ‘उहाँहरूलाई आकस्मिक समय किन चाहिएको थियो? जुन पछि दलीय आधारमा उहाँहरूलाई दिएकै थियो । बोल्नुभयो पनि, उहाँहरूले बोल्न चाहेको कुरा बोल्नुभएन र ?’, खतिवडाले प्रश्न गरे। 

संसदमा बोल्ने समय तय हुँदाहुँदै संसदीय परम्परा विपरीत पहिल्यै बोल्ने समय चाहियो भन्नु आलोकाँचोपन नै रहेको उनले दाबी गरे।   

प्रकाशित: १८ माघ २०८१ १८:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App