जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष अशोक राईले पाथीभरा केबलकारको समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन्।
शुक्रबार (आज) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।
'त्यहाँ आफ्नो आस्थामाथि चोट पुग्ने हुनाले स्थानीयले रोकिरहेका छन्। वार्ता गरेर अगाडि बढ्नुपर्नेमा स्थानीय प्रशासनले गोली हानेर उनीहरूलाई गम्भीर घाइते बनाएको छ। अहिले तीनजना गम्भीर घाइतेको टिचिङ अस्पतालमा उपचार भइरहेको छ,' उनले भने, 'समस्या समाधान गरोस् सरकारले।'
उनले आन्दोलनका क्रममा पक्राउ परेका आन्दोलनकारीहरूको रिहाइको मागसमेत गरेका छन्।
प्रकाशित: १८ माघ २०८१ १६:२७ शुक्रबार





