१४ फाल्गुन २०८१ बुधबार
image/svg+xml १:१८ पूर्वाह्न
राजनीति

बागमती प्रदेशसभाको बैठक आज

बागमती प्रदेशसभाको बैठक आज बस्दैछ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज बिहान ११ बजेका निम्ति आह्वान गरेबमोजिम बैठक हुन लागेको हो। 

प्रदेश सरकारले ‘प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’, ‘प्रादेशिक व्यापार तथा व्यवसायीसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ प्रदेशसभामा दर्ता भएका छन्। 

प्रकाशित: १८ माघ २०८१ १०:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App