नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी)को नवनिर्वाचित पदाधिकारीहरू भेट गरेका छन्।
बिहीबार (आज) नवनिर्वाचित पदाधिकारीहरू अध्यक्ष दाहाल भेट्न उनकै निवास खुमलटार पुगेका थिए।
भेटपछि दाहालले विद्यार्थी नेताहरूबाट शैक्षिक आन्दोलनको अगुवाइ र राजनैतिक आन्दोलनको सेवाको अपेक्षा गरेको जनाएका छन्।
यस्तै उनले विद्यार्थी आन्दोलनबाट बिदाइ भएका सबै नेताहरूलाई पार्टीमा विभिन्न भूमिकामा रहेर काम गर्न आह्वान गरेका छन्। सङ्गठनमा ३२ वर्षे उमेरहद लागू हुँदा क्रान्तिकारीमा झन्डै दुई सयजना नेताहरू बिदा भएका छन्।
प्रकाशित: १७ माघ २०८१ १४:२५ बिहीबार