१२ माघ २०८२ सोमबार
image/svg+xml
राजनीति

व्यक्तिगत चरित्रहत्या गराउने प्रपञ्चको शिकार हुन पुगेको छु : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू व्यक्तिगत चरित्रहत्या गराउने प्रपञ्चको शिकार हुन पुगेको बताएका छन्।

लामिछानेले जिल्ला अदालत, कास्कीले लगाएको ६५ लाख धरौटी बदरको माग गर्दै सोमबार (आज) उच्च अदालत, पोखरामा निवेदन दर्ता गराएका छन्। उनले उक्त निवेदनमा यस्तो बताएका हुन्।

'मेराउपर राजनीतिक दाउपेचका आधारमा प्रमाणित हुन नसक्ने सङ्गीन कसुरहरूको आरोप लगाएर मेरो राजनैतिक, सामाजिक, पारिवारिक, व्यक्तिगत चरित्रहत्या गराउने प्रपञ्चको शिकार हुन पुगेको छु,' उनले भनेका छन्।

उनले आफू गोरखा मिडियामा रित्तो हात गएको र रित्तै हात फर्किएको पनि जिकिर गरेका छन्। 'मैले कुनै रूपैयाँ लगानी गरेको थिइनँ। न त म गोर्खा मिडिया नेटवर्कबाट बाहिरिँदा कुनै प्रकारको रकम प्राप्त गरी निस्किएको छु। म रित्तो हात प्रवेश गरेको, रित्तो हात नै प्रालिबाट निस्किएको ध्रुवसत्य स्थापित भइरहेको अवस्था छ,' उनले भनेका छन्।

प्रकाशित: १४ माघ २०८१ १५:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App