३१ असार २०८३ बुधबार
image/svg+xml
राजनीति

अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रो काम गर्नसक्छुः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूले अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रो काम गरेर देखाउन सक्ने दाबी गरेका छन्।

आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा पुस्ताबाट बन्ने प्रधानमन्त्रीले अझ प्रभावकारी रूपमा देश चलाउन सक्ने विश्वास व्यक्त गरे।

उनले आफूले प्रधानमन्त्री पद सम्हालेमा अहिलेको नेतृत्वभन्दा राम्रो परिणाम दिन सक्ने दृढता व्यक्त गर्दै यसै विश्वासका कारण संसदीय दलको नेताका लागि पहल गरेको बताए।

थापाले भने, ‘आजकै प्रधानमन्त्रीको स्थानमा म नियुक्त भए पनि अहिलेभन्दा राम्रो काम गर्न सक्छु भन्नेमा पूर्ण विश्वास छ। यही विश्वासका साथ म जिम्मेवारी लिन तयार भएको हुँ। यो दशक अब फेरि खेर फाल्नु हुँदैन, हामीले भविष्यका लागि सकारात्मक परिवर्तन गर्नैपर्छ।’

महामन्त्री थापाले नेपाली नागरिकको समृद्धि अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै, अबको नेपालले आफ्ना नागरिकलाई आत्मसम्मानका साथ जीवनयापन गर्न सक्ने आधार दिनुपर्ने उल्लेख गरे।

साथै, उनले नेपाल पहिलाको तुलनामा धेरै विकसित भए पनि आत्मनिर्भर अर्थतन्त्र र नागरिकको जीवनस्तर सुधारको मुद्दा अझै प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

महामन्त्री थापाले नेपाली नागरिकका लागि समृद्धिको मार्ग खुलाउन र युवाहरूलाई जिम्मेवारी दिने काममा कांग्रेसले नेतृत्व गर्नुपर्ने धारणा राखे। कार्यक्रमको क्रममा उनले अबको दशकलाई खेलाँचीको रुपमा लिन नहुने र दीर्घकालीन सोचसहित अगाडि बढ्नुपर्ने कुरा प्रस्ट पारे।

प्रकाशित: १३ माघ २०८१ १६:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App