२ कार्तिक २०८३ सोमबार
image/svg+xml
फोटो फिचर

विपद्को छायामा दशैँ, तिनकुनेमा लिङ्गे पिङको रौनक

बाढीपहिरोबाट भएको ठूलो जनधनको क्षति, सडक सञ्जालमा आएको अवरोध र प्रभावित नागरिकको पीडाका कारण यस वर्षको दशैँमा विगतका वर्षमा जस्तो उल्लास देखिएको छैन । दशैँको परम्परागत आकर्षण मानिने लिङ्गे पिङसमेत काठमाडौं उपत्यकामा कमै देखिएका छन् ।

भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको बाढीले जनजीवन प्रभावित बनाउँदा चाडपर्वको रौनकसमेत खल्लो बनेको छ । विपद्ले धेरै परिवारलाई शोक र पीडामा छाडेका बेला दशैँको उत्सवमा पनि त्यसको प्रभाव देखिएको हो ।

यस्तो परिस्थितिमा पनि काठमाडौंको तीनकुनेस्थित खुला चौरमा भने लिङ्गे पिङ खेल्नेहरूको चहलपहल देखिएको छ । बालबालिकादेखि युवायुवतीसम्म पिङमा रमाउँदै दशैँको उमङ्ग साटिरहेका छन् ।

दशैँमा लिङ्गे पिङ खेल्ने परम्परा नेपाली मौलिक संस्कृतिसँग जोडिएको छ । गाउँघरदेखि सहरसम्म पिङ हाल्ने र सामूहिक रूपमा रमाइलो गर्ने चलनले दशैँलाई थप उल्लासमय बनाउँदै आएको छ । यस वर्ष पिङ कम देखिए पनि तीनकुनेको खुला चौरमा खेलिएको पिङले परम्परालाई निरन्तरता दिने प्रयास गरेको छ ।

प्रकाशित: ३० आश्विन २०८३ १७:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App