११ माघ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सिद्धबाबा सुरुङमार्ग 'ब्रेक थ्रु'मा प्रधानमन्त्री नजाने

सिद्धबाबा सुरुङमार्ग 'ब्रेक थ्रु'मा प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन्। 

चिकित्सकहरूले आराम गर्न सुझाव दिएपछि प्रधानमन्त्री ओली भौतिक रूपमा उपस्थित नहुने भएका हुन्। तर, उनले बालुवाटारबाटै भर्च्यूअल रूपमा सहभागिता जनाउनेछन्। 

कार्यक्रममा भने उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेललाई पठाएका छन्। 

प्रधानमन्त्री ओली मंगलबारदेखि अस्वस्थ छन्। उनको स्वर भासिएको सचिवालयले जनाएको छ। त्यसैले चिकित्सकहरूको सुझावमा प्रधानमन्त्री ओलीले पाल्पा र रूपन्देही जाने कार्यक्रमलाई स्थगित गरेका हुन्।

प्रधानमन्त्री ओलीका आज सिद्धबाबामा निर्माणाधीन सुरुङमार्गको ब्रेक थ्रु, बुटवल गोरूसिङ्गे सडकको स्तरोन्नतिको शिलान्यास, पाल्पाको  बगनासकाली र तिनाउ गाउँपालिकाका प्रशासकीय भवन उद्घाटन लगायतका कार्यक्रमहरू थिए।

प्रकाशित: ११ माघ २०८१ ११:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App