११ माघ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

वामदेवले भने- एकीकृत समाजवादीसँगको एकता वार्ता पनि 'क्लोज' भइसकेको छैन

नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी)सँगको पार्टी एकताको वार्ता पनि 'क्लोज' भइनसकेको बताएका छन्। गौतमलाई उद्धृत गर्दै अभियानका महासचिव डीबी कार्कीले नागरिकसँग भने, 'एकीकृत समाजवादीसँगको एकता वार्ता पनि क्लोज भइसकेको छैन।'

यसअघि एकीकृत समाजवादीले गौतमलाई वरीष्ठ उपाध्यक्ष बनाएर तेस्रो वरीयतामा राख्ने प्रस्ताव गरेको थियो। त्यसपछि एकीकृत समाजवादी र अभियानबीच हुने एकताको मोडालिटीसमेत तयार पारिएको थियो।

तर, त्यसबीचमा गौतम नेकपा (एमाले)सँग नजिकिए। माघ ५ गते उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरे। त्यसपछि ओलीले ८ गते सचिवालय बैठक बोलाए। बैठकले अभियानसँग सहकार्य गर्ने निर्णय पनि गर्‍यो। तर, थप प्रक्रियाबारे भने मौन बस्यो।

यसपछि गौतम सशंकित भएका छन्। कहीँ एमालेले अलमल्याउन मात्रै खोजेको त होइन भनेर गौतम सशंकित बनेको अभियानका नेताहरूले बताएका छन्। यसपछि उनले एकीकृत समाजवादीसँगको एकताका लागि संवाद क्लोज भइनसकेको बताएका हुन्।

प्रकाशित: १० माघ २०८१ १६:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App