८ माघ २०८१ मंगलबार
image/svg+xml
राजनीति

उजुरी अध्ययनका लागि लेखा समितिले बनायो समिति

लेखा समितिले उजुरी अध्ययनका लागि समिति गठन गरेको छ ।

समितिले कांग्रेस सांसद सञ्जय गौतमको नेतृत्वमा सात सदस्यीय समितिको उजुरी अध्ययन समिति गठन गरिएको हो ।

मंगलवार बसेको सार्वजनिक लेखा समितिले समिति बैठकले सात सदस्यीय समिति गठन गरेको समिति सभापति क्रषिकेश पोखरेलले बताए। उनले सञ्जय गौतमको नेतृत्वमा सात सदस्यीय समितिको उजुरी अध्ययन समिति गठन गरिएको बताए। उनले समितिमा सांसदहरू गोकुल बास्कोटा, लेखनाथ दाहाल, हरि ढकाल, मञ्जु खाण, प्रेम आले र अमरेशकुमार सिंह सदस्य रहने बताए।

लेखा समितिमा एक सयभन्दा बढी उजुरी परेका छन् । सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई बोलाउने निर्णय भएको बताए। उनले मन्त्री भण्डारी र सचिवलाई छलफलका लागि बुधवार बिहान ११ बजेका लागि बोलाउने बताए। 

प्रकाशित: ८ माघ २०८१ १५:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App