राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को हिउँदे अधिवेशन आह्वान गरेका छन् ।
यही माघ १८ गते दिउँसो १ बजे बस्ने गरी दुवै सदन (राष्ट्रियसभा र प्रतिनिधिसभा) को अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यसअघि सोमबार मन्त्रिपरिषद् १८ गते बैठकले बोलाउने निर्णय गर्दै अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो ।
प्रकाशित: ८ माघ २०८१ ११:३४ मंगलबार