अहिले सबै दल आ–आफ्नो ‘मिशन ८४’ को तयारीमा जुटेका छन्। सानादेखि ठूला सबै दल जनमत बटुल्ने ध्येयमा देखिन्छन्। यसबीच काठमाडौं महानगरपालिका प्रमुख बालेन साहको समर्थन पनि धेरैले खोजिरहेका छन्।
विशेष गरी सरकारसँग असन्तुष्ट दल र तिनका नेता कुनै पनि कुरामा प्रमुख साहले साथ दिए हुन्थ्यो भन्ने कामना गरिरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देखि भीम रावलले भर्खर सार्वजनिक गरेको मातृभूमि जागरण अभियान नेपालले पनि बालेनको साथ खोजेको चर्चा भइरहेको छ।
यो पनि पढ्नुहोस्
बालेनबाट सकारात्मक बोली खोज्दै रवि: आउला त ‘स्ट्याटस’ ?यसबीच मेयर साहको सचिवालयले यी काममा फुर्सद नभएको प्रतिकृया दिएको छ। स्वकीय सचिव भूपदेव साह भन्छन्, ‘हामी हाम्रै काममा व्यस्त छौ, राजनीतिक कुरा कसैसँग भएको छैन। गर्ने फुर्सद पनि छैन।’ गत स्थानीय निर्वाचन (२०७९) मा स्तवन्त्र उम्मेदवारी दिएर भारी मतका साथ विजयी भएका बालेनसँग ठूलो युवा जमात छ।
यो पनि पढ्नुहोस्
राजनीतिकाे किनारामा पुग्दा बालेनको सम्झना !काठमाडौं महानगरका प्रमुख भएपनि उनको फ्यान फलोइङ देशभर नै भएका कारण युवा आफ्ना पक्षमा तान्न पनि नेता र पार्टी बालेनसँग जुधेर भन्दा पनि मिलेर जानुपर्ने रणनीतिमा देखिन्छन्।
प्रकाशित: ५ माघ २०८१ ०९:४८ शनिबार