३ माघ २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारमा कांग्रेस-एमालेबीच कुनै समस्या छैनः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारमा कुनै समस्या नरहेको दाबी गरेका छन्।

बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुसँग कार्यप्रगति विवरणबारे जानकारी गराइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले कांग्रेस र एमाले सम्मिलित सरकारमा कुनै बाधा, व्यवधानहरु नरहेको जिकिर गरे। उनले सभापतिसँग आफ्नो मन्त्रालयका कामहरु अझ कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल भएको बताए।  नेकपा एमाले र नेपाली कांग्रेसको बीचमा बनेको सात बुँदे सहमतिअनुसार अहिलेको सत्ता समीकरणलाई अघि बढाउने र राम्रो ढंगबाट जनतामा सेवा प्रवाह गर्ने विषयमा छलफल केन्द्रित रहेको बताए। मुलुकमा आर्थिक समृद्धि र सुशासन कायम गर्नेकुरामा केन्द्रित भएर काम गर्ने विषयमा छलफल भएको उनले बताए।

उनले भने, ‘नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको छ । हाम्रो बीचमा कुनै समस्या छैन । दुई दलको सम्मिलित सरकारमा कुनै बाधा, व्यवधान र अफ्ठ्याराहरु छैनन् । आफ्ना आफ्ना मन्त्रालयमा थप राम्रो काम कसरी गर्ने रु भन्नेकुरामा छलफल भएको छ । सबै मान्य मन्त्रीज्युहरुबाट आएको कुरा भनेको नेकपा एमाले र नेपाली काँग्रेसको बीचमा बनेको सात बुँदे सहमतिअनुसार यो समीकरणलाई लिएर अघि बढ्ने कुरामा नै केन्द्रित भएर काम गर्ने हो, सेवा प्रवाहको क्षेत्रमा नागरिकलाई बढी भन्दा बढी सेवा, राम्रो ढंगबाट प्रवाह गर्ने र मुलुकमा आर्थिक समृद्धि र सुशासन कायम गर्नेकुरामा केन्द्रित भएर काम गर्ने विषयमै छलफल भएको छ । हामी दुई दलका बीचमा कुनै समस्या छैन भन्ने नै हाम्रो निस्कर्ष हो ।’

प्रकाशित: ३ माघ २०८१ १४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App