२९ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

सभापति देउवाको नाममा नक्कली वक्तव्य, कांग्रेसले भन्यो – ‘छवि धमिल्याउने षड्यन्त्र’

नेपाली कांग्रेसले पार्टी सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य सामाजिक सञ्जालमा भाइरल भएकोप्रति गम्भीर आपत्ति जनाउँदै यस घटनामा संलग्नलाई कानूनी कारबाहीको माग गरेको छ।

नेपाली राजनीतिलाई तरङ्गित पार्ने र गठबन्धन सरकारबारे अन्यौल सृजना गरी जनतालाई दिग्भ्रमित गर्न यस्तो षड्यन्त्र गरिएको कांग्रेसको ठहर छ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा हतास मानसिकताबाट गरिएको यो कार्य ‘घृणित’ भएको उल्लेख गरिएको छ।

पौडेलले वक्तव्यमा भनेका छन्, "यस्ता गैरकानूनी गतिविधिमा संलग्न जोसुकैलाई कानूनी दायरामा ल्याउन नेपाली कांग्रेस जोडदार माग गर्दछ।" साथै, यस्ता भ्रमपूर्ण क्रियाकलापबाट प्रभावित नहुन आम नागरिकलाई पनि आग्रह गरिएको छ।

सभापति शेरबहादुर देउवाको नाममा जारी गरिएको भाइरल नक्कली वक्तव्यमा संसद्को बजेट अधिवेशन बोलाउन ढिला गरेको र अध्यादेश मार्फत शासन चलाउन खोजिएको भन्दै सरकारको आलोचना गरिएको थियो।

 भाइरल नक्कली वक्तव्य।

कांग्रेसले यस्तो गतिविधिको निन्दा गर्दै पार्टीलाई बदनाम गर्न खोज्ने तत्वविरुद्ध सतर्क रहन सबैलाई सचेत गराएको छ।

 

नक्कली वक्तव्य भइरल भएपछि कांग्रेसले जारी गरेको गम्भीर ध्यानाकर्षण पत्र।

प्रकाशित: २८ पुस २०८१ १९:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App