२८ पुस २०८१ आइतबार
image/svg+xml
राजनीति

सकियो रविको वयान, थुनछेक बहस जारी

सहकारी ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ।

आइतबार नै अदालत उपस्थित भएका उनको बयान झण्डै साडे २ घण्टा चलेको थियो । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा अपराह्न साढे १२ बजे सुरु भएको लामिछानेको बयान झण्डै ३ बजेसम्म चलेको थियो । 

अदालतमा अहिले थुनछेक बहस जारी छ । वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ र सुशील पन्तले उनको पक्षमा बहस सुरु गरेका छन् । लामिछानेको पक्षमा बहस सकिएपछि सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि शर्मा काफ्ले र जिल्ला न्यायाधिवक्ता खडान्द्रराज कटवालसहित १० जनाले बहस गर्ने छन्। 

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा कास्की अदालतले पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई पुस २५ गते धेरौटीमा रिहा गरेको थिो । शुक्रबार साँझ काठमाडौं आएका उनी आइतबार बिहान आफैं अदालत उपस्थित भएका हुन् ।

प्रकाशित: २८ पुस २०८१ १५:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App