२८ पुस २०८१ आइतबार
image/svg+xml
समाज

सलाम गर्दै निस्किए रवि, जिल्ला प्रहरीको हिरासत लगियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) का सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिने भएको छ।

जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले न्यायिक हिरासतमा पठाउने आदेश गरेलगत्तै उनलाई प्रहरीको जिम्मा लगाइएको हो।

अदालतको ढोकाबाट सलाम गर्दै बाहिर निस्किएका उनलाई परिसर भित्रै रहेको प्रहरी भ्यानमा राखेर प्रहरी परिसरको हिरासतमा लगिएको हो।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा रविसहितका अभियुक्तहरूविरुद्ध मुद्दा चलिरहेको छ।

कास्की अदालतले गत बिहीबार उनलाई धरौटीमा छाड्न आदेश गरेपछि स्थल मार्ग हुँदै शुक्रबार काठमाडौं आएका उनी आइतबार बिहान अदालत उपस्थित भएका थिए।

प्रकाशित: २८ पुस २०८१ १७:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App