८ माघ २०८१ मंगलबार
image/svg+xml
राजनीति

दल यस्तो साधन हो जसले जनतालाई ठीक दिशामा लैजान सक्छ : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले संसदीय प्रणालीभित्र दलहरूको भूमिका प्रमुख हुने बताएका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरूको भूमिका प्रमुख हुने बताएका हुन्। 

सभामुख घिमिरेका अनुसार दलहरूले नै यो व्यवस्थालाई प्रभावकारी ढंगबाट स्थापित गर्नुपर्छ। उनले दलको भूमिकामार्फत दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीको प्रवर्द्धन हुने जिकिर गरे। 

सभामुख घिमिरेले भने, ‘संसदीय परिपाटी त्यसमा पनि हाम्रो दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरूको भूमिका सर्वप्रथम माथि रहन पुग्छ। त्यति मात्र होइन, दलहरू नै यो व्यवस्थालाई प्रभावकारी ढंगबाट स्थापित गर्ने र दलको भूमिकामार्फत नै यसलाई प्रवर्द्धन गर्दै अघि जाने कुराहरू हुन्छन्।’ 

उनले थप्दै भने, ‘दल आफैँ यस्तो साधन हो जो, आम जनतालाई ठीक दिशामा लैजानसक्छ र जनताका अभिमतहरुलाई ठीक ढंगबाट अभिव्यक्त गर्ने र त्यसलाई निर्णयमा पुर्‍याउने र परिणाम दिने कामको साधक बनेर जानसक्छ। तर उ आफैँ लोकतान्त्रिक विधिअन्तर्गत बनेको छैन, उसको प्रणालीहरू लोकतान्त्रिक छैनन्, उसले सूचना सम्बन्धीको कामलाई व्यवस्थित गर्नको लागि आफूलाई नै त्यसरी व्यवस्थित गरेको छैन भने यसमाथि प्रश्न उठ्नु स्वभाविक छ।’ 

सभामुख घिमिरेले जनतामा सूचनाको हकको अधिकार सुनिश्चित गर्न सबैले आफ्नो–आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिएका छन्। 

प्रकाशित: २८ पुस २०८१ १३:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App