नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पृथ्वी जयन्तीका अवसरमा इतिहासको भर्त्सना नभई सम्मान गर्नुपर्ने बताएकी छन् । शनिवार सामाजिक सञ्जालमा एक अभिव्यक्ति सार्वजनिक गर्दै झाँक्रीले यस्तो उल्लेख गरेकी हुन् ।
‘राष्ट्रिय झन्डा, विद्यालयको झन्डा, तत्कालीन राजा रानी र पृथ्वीनारायण शाहको फोटो बोकेर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन बच्चा बेला प्रभात फेरी गरेको सम्झना ताजै छ,’ झाँक्रीले लेखेकी छन्, ‘इतिहासको भर्त्सना होइन, सम्झना र सम्मान गरौँ ।’ राष्ट्र बन्ने प्रक्रिया धेरै लामो हुने पनि उनले अगाडि लेखेकी छन् । ‘राष्ट्रिय राज्य यतिकै बन्दैन, यो बन्ने लामो प्रक्रिया छ,’ उनले लेखेकी छन् ।
प्रकाशित: २७ पुस २०८१ १३:४२ शनिबार