२ माघ २०८१ बुधबार
image/svg+xml
राजनीति

विपक्षी दलहरूको ठम्याइ के हो ?

शुक्रबार (आज) तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भयो

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भयो।

उनीहरूले आफूहरूका बीचमा संसद् अधिवेशन बोलाउन सरकारमाथि दबाब बढाउने, समाजवादी मोर्चा सक्रिय बनाउनेलगायत समसामयिक राजनीतिक विषयमा कुराकानी भएको मात्रै बताएका छन्।

तर, नेताहरूका बीचमा नयाँ सरकार बन्ने अवस्था आए कसरी जाने भन्नेबारे पनि छलफल भएको स्रोतले बतायो। तीन नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले 'संविधान संशोधन ०८७ सालमा मात्रै हुने' बताउँदासम्म धेरै कुराहरू बिग्रिसकेको ठम्याइसमेत गरेका छन्।

त्यसो त उनीहरूले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस पनि यही सरकार पर्खेर बस्ने अवस्थामा नभएको हो कि भन्ने आशयका बातचीत गरेका थिए।

प्रकाशित: २६ पुस २०८१ १९:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App