नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पार्टी विभाजन नहुने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनलाई सजिलो हुनेगरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको चर्चापछि महासचिव भुसालले यस्तो बताएका हुन्।
महासचिव भुसालले नागरिकसँग भने, 'अध्यादेश नै आए पनि सोचेजस्तो एकीकृत समाजवादी विभाजन हुँदैन।'
उनले ओलीले 'धोकाधडी'को राजनीति गर्ने गरेको आरोप पनि लगाएका छन्। 'ओलीजी किन त्यसरी अगाडि बढ्न खोज्दै हुनुहुन्छ,' उनले भने, 'त्यो उहाँ नै जान्नुहोला। तर, उहाँले गर्दै आएको र गर्ने पनि धोकाधडीको राजनीति हो।'
उनले अध्यादेश आइहाल्यो भने आफूहरूले त्यसको सामना गर्ने बताए।
यसअघि प्रधानमन्त्री ओली कानुनमन्त्री अजय चौरासियासहित राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका थिए।
अहिले मन्त्रिपरिषद्को बैठक जारी छ।
यो पनि पढ्नुहोस्
राजनीतिक दलसम्बन्धी अध्यादेशको त्रासमा माधव, दाहाल गुहार्दै
प्रकाशित: २६ पुस २०८१ १८:५६ शुक्रबार