राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्गठन निर्माण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
शनिबार सुरु भएर आइतबार सकिएको केन्द्रीय समितिको विस्तारित बैठक अभियान सञ्चालन गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।
यस्तै रास्वपाले 'संविधान परिमार्जन सुझाव कार्यदल २०८१' गठन गरेको छ। पार्टीका प्रमुख सचेतक सन्तोष परियारको नेतृत्वमा गठित कार्यदलले संविधान परिमार्जनका लागि सुझाव सङ्कलन गर्न सातै प्रदेशमा छलफल चलाउने र संविधानविद् तथा सरोकारवालाहरूसँग आवश्यक परामर्श गरी पार्टीका तर्फबाट धारणा तय गर्नेछ।
कार्यदलमा क्रान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोबिता गौतम, गणेश पराजुली, असिम शाह, कुसुम महर्जन र मेघ आले रहेको प्रवक्ता झाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यस्तै रास्वपाले सदन बाहिर रहेका दलहरूको जनपक्षीय र राष्ट्रहितका आवाजलाई सदनमा प्रतिनिधित्व गर्नेगरी आवश्यक कार्य अगाडि बढाउने निर्णय गरेको छ।
११ वटा निर्णय गरेको रास्वपाले चारवटा समिति र कार्यदल विघटन गरेको छ। विघटित समिति र कार्यदलहरूमा नीति विचार कार्यदल, केन्द्रीय उपनिर्वाचन परिचालन समिति, विधान संशोधन कार्यदल र केन्द्रीय समिति सिफारिस समिति रहेका छन्।
यस्ता छन् अरु निर्णय-


प्रकाशित: २१ पुस २०८१ २०:१४ आइतबार