२८ चैत्र २०८१ बिहीबार
image/svg+xml २०:९ अपराह्न
राजनीति

शेरा दरबारबारे गृहमन्त्रीको जवाफ नसुनी बाहिरिए दाहाल

बिहीबार राज्य व्यवस्था समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भयो। छलफलका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रमेश लेखक, कांग्रेस महामन्त्री गगन थापा लगायतको उपस्थिति थियो।

बैठकमा एमाले सांसद बासुदेव घिमिरेले शेरा दरबारको जग्गाबारे गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेका थिए । ‘शेरा दरबारबारे भएको के हो ? गृहमन्त्रीले स्पष्ट गर्न आवश्यक छ’, एमाले सांसद घिमिरेले भनेका थिए ।

गृहमन्त्री रमेश लेखकले सांसद घिमिरेको प्रश्नको जवाफ बैठकको अन्तिममा दिने बताए। गृहमन्त्रीले अन्तिममा जवाफ दिने बताएपछि दाहालले अख्तियार एन संशोधन विधेयक र एमाले सांसद घिमिरेले उठाएको विषयमा आफ्नो धारणा राखेका थिए। 

दाहालले आफ्नो धारण राख्दै शेरा दरबार जग्गा कानुन विपरीत भए फिर्ता ल्याउनुपर्ने बताए। दाहालले शेरा दरबार जग्गा कानुन विपरीत भए फिर्ता ल्याउन सरकारलाई आग्रह समेत गरे।

दाहालले बैठकमा भने, ‘शेरा दरबारको जग्गाबारे कानुन विपरीत  काम भएको छ भने फिर्ता ल्याइयोस्, म सरकारलाई धन्यवाद भन्छु।’ आफ्नो भनाइ राखेपछि दाहाल बैठकमा बसेनन्। उनी भनाइ राखेपछि बैठकबाट बाहिरिए।

बैठकको अन्तमा गृहमन्त्री लेखकले सांसद घिमिरेले राखेको प्रश्नको जवाफ दिँदै शेरा दरबारको जग्गाको दोषीलाई कारबाही हुने बताएका छन्।

गृहमन्त्रीले भने, 'शेरा दरबारको जग्गा गलत ढंगले कुनै व्यक्ति र कम्पनीको नाममा गएको छ भने त्यो फिर्ता हुन्छ। गम्भीरतापूर्वक अनुसन्धान भएको छ।'

दाहालले शेरा दरबारको जग्गा र्फिता ल्याए सरकारलाई धन्यवाद दिने कुरालाई कुरालाई सापटी लिँदै लेखकले गम्भीरतापूर्वक अनुसन्धान गर्ने बताए।

गृहमन्त्रीले सो कुरा भनिरहँदा कांग्रेस महामन्त्री गगन थापाले ठट्टा गर्दै भने,'धन्यवाद का लागि बैठक नै बोलाऊ न त।' त्यसपछि भने बैठक हलमा हाँसो गुज्जियो।

आजको बैठकमा भएको छलफल पछि समितिले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ।

प्रकाशित: १८ पुस २०८१ १४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App