२० चैत्र २०८१ बुधबार
image/svg+xml ९:२ पूर्वाह्न
राजनीति

माओवादी स्थायी समिति बैठकमा पूर्वउपराष्ट्रपति पुन पनि सहभागी

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक जारी छ।

पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागी छन्।

पार्टी सदस्यता त्यागेर दुईपटक उपराष्ट्रपति बनेका पुन माओवादीको आधिकारिक बैठकमा सहभागी भएको यो तेस्रोपटक हो।

यसअघि नै उनी पदाधिकारी र सचिवालय बैठकमा सहभागी भइसकेका छन्। आजको बैठकमा उनी पार्टी सचिवहरूको लाइनमा बसेका छन्।

तर, अध्यक्ष पुष्पकमल दाहालले उनलाई उपाध्यक्ष बनाउने आश्वान दिएको बताइन्छ। उनले पनि राजनीतिमा सक्रिय हुने चाहना व्यक्त गरेका छन्।

यस्तै बैठकमा कृष्णबहादुर महरासमेत सहभागी छन्। पार्टी उपाध्यक्ष उनी सुन प्रकरणमा पक्राउ परेयता उनी निष्क्रिय थिए।

आजको बैठकले पुस २१ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने नेताहरूले बताएका छन्।

यो पनि पढ्नुहोस्

दाहालकै चाहनामा सक्रिय राजनीतिमा फर्किँदै पूर्वउपराष्ट्रपति पुन !

प्रकाशित: १८ पुस २०८१ १४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App