राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा पोर्चुगलका लागि नियुक्त प्रकाशमणि पौडेल, दक्षिण अफ्रिकाका लागि नियुक्त प्रा.डा कपिलमान श्रेष्ठ, बेल्जियमका लागि नियुक्त सेवा लम्साल, मलेसियाका लागि नियुक्त नेत्र प्रसाल तिम्सिना र डेनमार्कको लागि डा.सुम्निमा तुलाधरले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रकाशित: १७ पुस २०८१ १२:३५ बुधबार