राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुस १९, २० र २१ गतेका लागि केन्द्रीय समितिको विस्तारित बैठक आह्वान गरेको छ ।
शुक्रबार बसेको सचिवालय बैठकले विस्तारित बैठक पुस १९, २० र २१ गतेका लागि आह्वान गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।
यस्तै बैठकले पार्टीका केन्द्रीय विभाग तथा आयोगहरूमा सदस्य मनोनीत गरेको छ ।
केन्द्रीय अनुशासन आयोगमा अधिवक्ता कमल प्रसाद पोखरेल (नवलपरासी) र अधिवक्ता हरिचन्द्र भट्टराई (ताप्लेजुङ) लाई मनोनयन गरेको छ ।
यस्तै केन्द्रीय संगठन विभागमा धर्म केसी (लम्जुङ), गोपाल घिमिरे (रुपन्देही) र विमल तिवारी (सिराहा) लाई मनोनयन गरेको छ ।
प्रकाशित: १२ पुस २०८१ १८:४८ शुक्रबार