८ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

विश्वमै प्रजातन्त्रको क्षयिकरण भइरहेको छः प्रथम राष्ट्रपति यादव

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले विश्वमा प्रजातन्त्रको क्षयीकरण भइरहेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले संसारमा २०२४ मा ठूलो ठूलो प्रजातान्त्रिक देशहरूमा निर्वाचन भएको स्मरण गर्दै सबैकुरालाई नियाल्दा प्रजातन्त्रको क्षय भइरहेको महसुस आफूले गरेको सुनाए।

उनले अमेरिकामा राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएको भन्दै ३५ वटा बढी मुद्दा लागेको व्यक्ति राष्ट्रपति बन्नुले पनि प्रजातन्त्रको क्षय भइरहेको महसुस हुने बताए। लोकतन्त्रका लागि लडेको ६० वर्ष भन्दा बढी भएपनि अझै लोकतन्त्र खतरामा छ भन्दा दुःख लाग्ने गरेको उनको भनाइ थियो।

उनले भने, ‘संसारमा ठूलो ठूलो प्रजातान्त्रिक देशहरूमा चुनाव भएको छ। आधा भन्दा बढी जनसंख्या भएका ठाउँहरूमा चुनाव भएको छ, यो २०२४ सालमा। अमेरिकामा कस्तो मान्छे चुनिएर आएको छ, हाम्रो सामुन्ने छ। संसारमा डेमोक्रेसीको क्षयीकरण भइरहेको छ। सुन्दाखेरी नमिठो लाग्छ। अहिले पनि लोकतन्त्रमाथि खतरा छ भन्नेकुरा भन्नु र सुन्नु परिरहेको छ। जबकि लोकतन्त्रकै लागि लड्दा लड्दा ८३ वर्ष भइसक्यो।’

प्रथम राष्ट्रपति यादवले संसारमा मानव सभ्यतामा संकट निम्तिरहेको बताए।

प्रकाशित: ८ पुस २०८१ १५:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App