आफ्नै बुबाको हत्या अभियोगमा छोरा पक्राउ परेका छन्।
५० वर्षीय बुबा यदु बहादुर बस्नेतको हत्या अभियोगमा मेलम्ची नगरपालिका-१० शिखरपुर बस्ने ३४ वर्षीय राजाराम बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
राजारामले शनिबार राति कुटपिट गर्दा यदु गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको प्रहरीले राजारामलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका कुटपिटबाट गम्भीर घाइते भएका यदुको मेडिकल कलेज अत्तरखेलमा थप उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: ७ पुस २०८१ १८:१३ आइतबार