नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरूले पनि पार्टीको महाधिवेशन र आवधिक निर्वाचनको मात्रै कुरा गर्न थालेको बताएका छन् ।
शुक्रबार कैलाश कोइरालाको उपन्यास 'शास्त्र'को सार्वजनिकीकरण कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
'हामी पनि अहिले दुईवटा मात्रै कुरा सोच्न र गर्न थालेका छौँ, पार्टीको अधिवेशन कहिले हुन्छ र चुनाव हारिन्छ कि जितिन्छ,' महामन्त्री थापाले भने ।
अगाडि उनले भने, 'अहिले कांग्रेस भनेकै ०८२ र ०८४ भन्ने मात्रै परेको छ तर, कांग्रेसले समाजलाई अँध्यारोबाट उज्यालोतर्फ लैजानुपर्छ । जुन बेलामा समाजमा जस्तो खालको अँध्यारो छ, त्यसबाट देशलाई बाहिर निकाल्ने काम कांग्रेसले गर्नुपर्छ । देशमा भएका सबै नागरिकहरूलाई जोडेर त्यसबाट देशलाई अँध्यारोबाट उज्यालोतिर लैजानु नै हाम्रो धर्म हो ।'
उनले कांग्रेस लोकरिझ्याइँमा रमाउने पार्टी बन्न नहुने बताए ।
प्रकाशित: ५ पुस २०८१ १५:०४ शुक्रबार