१३ पुस २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपासँग चाँडै एकता हुन्छ : माओवादी

नेकपा (माओवादी केन्द्र) ले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग चाँडै पार्टी एकता हुने बताएको छ ।

नागरिकसँग संक्षिप्त कुराकानी गर्दै माओवादी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले यस्तो बताएका हुन् ।

'चाँडै एकताको वातावरण बनाउने छौँ,' उनले भने । अहिले आफूहरू पार्टी सुदृढीकरणमा व्यस्त रहेकाले त्यतातर्फ पर्याप्त ध्यान दिन नसकेको उनले बताए ।

तर, अब बस्ने केन्द्रीय समिति बैठकले त्यसबारे ठोस निर्णय गर्ने प्रवक्ता सापकोटाले बताएका छन् । 'अब बस्ने सीसीले त्यसबारे निर्णय गर्छ । त्यसपछि एकता प्रक्रिया अगाडि बढ्छ,' उनले भने ।

नेकपाले भने अब बढी जोड नगरीकन माओवादीको रेस्पोन्स कुर्ने भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल एकता विरोधी भएको निष्कर्ष निकाल्दै नेकपाले पार्टी दर्ता र ६ महिनाभित्र विशेष महाधिवेशनको तयारीमा जुटेको नेताहरूले बताएका छन् ।

यो पनि पढ्नुहोस्

टरेको हो माओवादी-नेकपा एकता ?

प्रकाशित: ४ पुस २०८१ १६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App