नेकपा (एकीकृत समाजवादी) ले केन्द्रिय सदस्यहरूको कार्यविभाजन आज (आइतबार) टुङ्गो लगाउने भएको छ। शुक्रबारदेखि आलोकनगरमा जारी बैठकमा आगामी कार्ययोजनाको सन्दर्भमा स्थायी कमिटीका सदस्यहरूले बोल्ने क्रम जारी छ।
पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार छलफलमा पार्टीको सङ्गठन सुदृढीकरण, चुनौतीहरूको सामना र राष्ट्रको हितमा पार्टीलाई सशक्त बनाउने विषयमा छलफल भइरहेको छलफल आजसम्म चल्नेछ। त्यसपछि कार्यविभाजनको काम टुङ्गो लाग्ने उनको भनाई छ।
प्रकाशित: ३० मंसिर २०८१ ०८:२८ आइतबार