१८ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रको स्वाधीनता, संविधानको रक्षाका लागि माओवादीलाई बलियो बनाऔँः अध्यक्ष दाहाल

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संविधानको रक्षाका निम्ति माओवादी केन्द्रलाई बलियो बनाउन आवश्यक रहेको बताएका छन्।  

शनिबार रूपन्देहीको तिलोत्तमामा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाली जनताको भरोसालाई टुट्न नदिने बताएका हुन्। अध्यक्ष दाहालले पार्टीलाई थप एकताबद्ध बनाउँदै जनताको बीचमा लैजान र जनताको भावनालाई समेट्ने काममा लाग्न कार्यकर्तालाई निर्देशनसमेत दिएका छन्।  

उनले जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र भएको उल्लेख गर्दै देशमा सुशासनका लागि अब समाजवादी नयाँ आन्दोलन गरिने उल्लेख गरेका छन्।

उनले भने, “माओवादी केन्द्रको नेतृत्वमा बनेका सरकारले गरेका काम र अगाडि बढाएका योजनालाई जनताले सकारात्मक ढङ्गले बुझ्दै गएका छन्। सुशासनको अभियान, सामाजिक न्याय, देश, उत्पीडित वर्ग समुदायको हित, राष्ट्रको स्वाधीनता, संविधानको रक्षाका निम्ति माओवादी केन्द्रलाई बलियो बनाउन आवश्यक छ। यसमा सबै लाग्नुहोला।”

अध्यक्ष दाहालले राष्ट्रको हितलाई सर्वोपरि राखेर छिमेकी राष्ट्र भारत र चीन तथा अन्य राष्ट्रहरूसँग राम्रो सम्बन्ध कायम गर्नुपर्नेमा पनि जोड दिएका छन्। रासस

प्रकाशित: ३० मंसिर २०८१ ०७:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App