४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

म्याद थपका लागि रविलाई आज पुन:अदालत पेश गरिँदै

प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदैछ। पछिल्लो पटक थपिएको चार दिनको म्याद आज सकिने भएकाले उनलाई पुनः म्याद थपका लागि अदालत लैजान लागिएको हो। उनी गत कार्तिक २ गतेबाट प्रहरी हिरासतमा छन्।

प्रहरीले रविविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सकारी वकिललाई राय सहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ।

सो प्रकरणमा पक्राउ परेकाहरुलाई  पुस ५ गते भित्र कास्की जिल्ला अदालतमा अभियोग पत्र दायर गर्नुपर्ने कानुनी व्यवस्था भएकाले प्रहरीले प्रतिवेदन तयारीलाई  तिब्रता दिएको छ।

सूर्य दर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा रवि लामिछाने, प्रहरीका पूर्व डीआइजी छविलाल जोशी, गुल्मीको मुसिकोट नगरपालिका–४ घर भएकी लिला पछाई, तनहुँका राम बहादुर खनाल र पोखरा घर भएका कृष्ण गुरुङ अहिले प्रहरीको हिरासतमा छन्। अन्य थप ३५ जनालाई प्रहरीले फरार प्रतिवादी बनाएको छ।

सूर्यदर्शन, स्वर्णलक्ष्मी, सहारा र सानो पाइलाबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रकम ल्याएर अपचलन गरेको संसदीय समितिको छानबिन निष्कर्ष छ। सूर्यदर्शनबाट मात्रै गोरखा मिडियामा ५ करोड ५८ लाख ल्याएको भेटिएको छ।

प्रकाशित: २७ मंसिर २०८१ ०९:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App