१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

श्रीलंकाका लागि प्रस्तावित राजदूत नेपालीको संसदीय सुनुवाई जारी

श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदुत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाई शुरु भएको छ।

बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिमा श्रीलंकाका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाई गरेको हो।

सरकारले पूर्णबहादुर नेपाली प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काको लागि नेपालको आवासीय राजदुत पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो। समितिको बैठकमा बोल्दै समिति सभापति ईश्वरीदेवी न्यौपानेले प्रश्तावित राजदुत नेपालीको संसदीय प्रक्रिया शुरु भएको र विद्युतीय सञ्चारमाध्यममा प्रस्तावित राजदुतको नाम प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिए। उनले साथै प्रस्तावित राजदूत उपर उजुरी आह्वान गर्ने निर्णय भएको समेत बताए।  

नेपालको संविधानबमोजिम सङ्घीय संसद, संसदीय सुनुवाइ समितिबाट सुनुवाई सम्पन्न भएपश्चात राष्ट्रपतिले अनुमोदन गर्ने प्रचलन छ।

प्रकाशित: २६ मंसिर २०८१ १३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App