२० असार २०८३ शनिबार
image/svg+xml
राजनीति

बिआरआइले देशलाई फाइदा पुर्‍याउँछ: प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चीनसँगको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआइ) फ्रेमवर्क सम्झौताबाट देशलाई दीर्घकालीन फाइदा हुने दाबी गरेका छन्।

सोमबार बिर्तामोडमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफ्नो चीन भ्रमणका क्रममा बिआरआइ सम्झौतामा सहकार्य र सहयोगलाई प्राथमिकता दिइएको स्पष्ट पारे।

उनले भने, ‘हामी देशको आर्थिक अवस्था हेरेर निर्णय गर्छौं। ऋण लिएर केवल खर्च गर्ने होइन, उत्पादन बढाएर तिर्न सक्ने स्थितिमा मात्रै ऋण लिनुपर्छ।’

ओलीले बिआरआइलाई ऋणमात्रै नभई सहकार्य र दीर्घकालीन विकासका अवसरको रूपमा हेर्नुपर्ने धारणा राखे। उनले थपे, ‘हामीले हाम्रो हितका लागि के उपयोगी हुन्छ, त्यो मात्र रोज्छौं। बिआरआइले देशको पूर्वाधार विकासमा योगदान पुर्‍याउन सक्छ।’

उनले बिआरआइको प्रभावलाई विस्तृत रूपमा बुझ्दै नेपालको विकास यात्रा अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताए। ‘वर्तमान सरकार देशको अवस्थाप्रति सचेत छ। हामी विकासका सही रणनीति अपनाएर देशलाई अघि बढाउन चाहन्छौं,’ उनले भने।

प्रधानमन्त्री ओलीले बिआरआइको सहकार्यले देशलाई आर्थिक लाभ पुर्‍याउने विश्वास व्यक्त गर्दै समृद्ध नेपाल निर्माणमा यो महत्त्वपूर्ण हुने बताए।

प्रकाशित: २४ मंसिर २०८१ १९:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App