बंगलादेशले लगातार दोस्रो पटक अण्डर १९ एसियाकपको उपाधि जितेको छ। दुबइमा भएको फाइनलमा भारतलाई ५९ रनले पराजित गर्दै बंगलादेशले उपाधिमाथि कब्जा जमाएको हो।
यो प्रतियोगितामा नेपाली टोली भने समूह चरणबाटै बाहिरिएको थियो। नेपालकै समूहमा रहेको बंगलादेशले उपाधि जितेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९ दशमलव १ ओभरमा १ सय ९८ रन बनाएको थियो।
१ सय ९९ रनको लक्ष्य पछ्याएको भारत कमजोर ब्याटिङका कारण उपाधि लिनबाट बञ्चित हुन पर्यो। भारत ३५ दशमलव २ ओभरमै १ सय ३९ रनमा अलआउट भयो।
प्रकाशित: २४ मंसिर २०८१ ०८:१८ सोमबार