११ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

रास्वपाले भन्यो- सरकारकै निर्देशनमा सुतिरहेका रविलाई उठाएर पोखरा पुर्‍याइयो

'लामिछानेका निजी डायरी गायब पारियो'

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई सरकारकै निर्देशनमा चितवनबाट रातारात पोखरा लगिएको बताएको छ ।

कार्यवाहक प्रवक्ता मनीष झाले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेका छन्, 'यो आश्चर्यजनक, निकृष्ट, निन्दनीय घटना सरकारको प्रत्यक्ष निर्देशनमा भएको सूचनाहरू प्रहरी सुत्रबाट प्राप्त भएका छन् ।'

उनले लामिछानेलाई चितवनबाट रातारात पोखरा लगिएको घटनालाई आपत्तिजनक भनेका छन् । 'सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकिलको कार्यालयमा बयान गराई राति सुतिरहेको बेलामा अचानक उठाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्‍याइएको रहेछ,' उनले भनेका छन् ।

रास्वपासहित केही कानुन व्यवसायीहरूले सुतिरहेका लामिछानेलाई उठाएर पोखरा पुर्‍याइनु मानव अधिकारको उल्लङ्घन भएको बताएका छन् ।

यस्तै रास्वपाले लामिछानेको निजी डायरी गायब पारिएको आरोप लगाएको छ । 'सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको छ । हामी यसको घोर भर्त्सना गर्दछौँ,' विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित: २१ मंसिर २०८१ १४:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App