११ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

भुटानी राजा एकैछिनका लागि आज काठमाडौं ओर्लिने

भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुक र  रानी जेत्सुन पेमा वाङ्चुक  निजी भ्रमणका लागि काठमाडौं आउँदैछन्। भारत भ्रमणमा रहेका शाही दम्पती दिल्लीहुँदै काठमाडौं आउने छन्। काठमाडौंमा शाही दम्पत्तीले तीनदेखि चार घण्टा समय बिताउने छ।

भारतबाट स्वदेश फर्किने क्रममा शाही दम्पत्तीले नेपालमा ‘ट्रान्जिट भिजिट’ गर्न लागेका हुन्। स्रोतका अनुसार बिहान पौने १० बजेतिर नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

काठमाडौंमा रहँदा राजा जिग्मेले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने बताइएको छ। ​उनी त्रिभुवन विमानस्थलबाट सिधै स्वयम्भूको दर्शनका लागि जानेछन्। त्यसपछि उनी बौद्धनाथ जानेछन्।

यो भ्रमण राजनीतिकभन्दा पनि ‘धार्मिक र नितान्त व्यक्तिगत’ भएको बताइएको छ।  नेपालमा रहँदा भुटानका राजाले कसैसँग औपचारिक भेटघाटको कार्यक्रम राखेका छैनन्। त्रिभुवन विमानस्थल र उनको भ्रमण रुटमा सरकारले सुरक्षा व्यवस्थालाई चुस्त बनाएको छ।

गत असोजमा घटस्थापनाका दिन पूर्वराजा ज्ञानेन्द्र शाहले पनि भुटानको पारिवारिक भ्रमण गरेका थिए। सोही भ्रमणका क्रममा पूर्वराजा शाहले राजा जिग्मेलाई नेपाल आउन निम्तो दिएका थिए।  

प्रकाशित: २१ मंसिर २०८१ ०८:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App